नियम ७
नेपाल सरकारको निर्णय सहित स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने
: (१) नियम ६ बमोजिम बिभागबाट प्राप्त कागजात जाँचबुझ गर्दा कस्रदारलाई लागेको कैद ऐनको दफा ३७ तथा यस नियमावली बमोजिम कट्टा गर्न मनासिब देखिएमा मन्त्रालयले त्यस्तो कस्रदारलाई लागेको कैद कट्टा गर्ने निर्णयको लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कैद कट्टा सम्बन्धी निर्णयको लागि प्रस्ताव पेश गर्दा मन्त्रालयले वर्षमा बढीमा चार पटकसम्म गर्न सक्नेछ ।
(३) उपनियम (१) वमोजिम प्राप्त प्रस्ताव मनासिब देखिएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले कसूरदारलाई लागेको कैद कट्टा गर्ने निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकारबाट भएको सिफारिस बमोजिम कुनै कसूरदारलाई ठेकिएको कैद राष्ट्रपतिबाट कट्टी भएमा त्यसको सूचना नेपाल सरकार मन्त्रिपरिषद्लाई दिनु पर्नेछ ।